कस्तो छ तपाईंको आजको राशिफल ?

  Sampatti News Online

January 11, 2024

मेष : आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

वृष : शिक्षा र स्वास्थ्यको क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। भूमी सम्बन्धी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेममा खटपटी आउने देखिन्छ।

मिथुन : दैनिकी राम्रो छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। खानपानमा ख्याल गरे यो समस्याको समाधान हुनेछ। आर्थिक र शिक्षा क्षेत्रका लागि यो राम्रो समय हो। परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ।

कर्कट : दिन सामान्य छ। सबै काममा सफलता प्राप्त गर्न गणेश भगवानको अर्चना गर्नु राम्रो हुन्छ। गणेशको पूजा गर्दा दुबोको प्रयोग गर्नु राम्रो हुन्छ। परिवारको विश्वास गर्दा धोका भएको अनुभव हुन्छ।

सिंह : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा बाधा देखिए पनि शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। परिवारमा झुटको रहस्य खुल्ने भएकाले विवाद हुनसक्छ।

कन्या : सबै क्षेत्र सबल छन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। कामको सुरुवात गरेमा दीर्घकालीन सफलता मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग रहेको छ।

तुला : समय राम्रो छ। स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। राजनीतिक लगानीबाट मानसम्मान प्राप्त हुनेछ। बन्धु र परिवारबाट राम्रो साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। हरेक कार्यमा बाधा र विरोधको योग रहेको छ। तपाईंको बोलीका कारण ठुलो दुर्घटना टर्ने देखिन्छ। परिवारको साथ र सहयोग राम्रो छ।

धनु : आजको दिन राम्रो छ। भाग्यको उदय हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। साथीभाइको साथ मिल्नेछ। व्यापार गर्ने भए आफूलाई मन परेको क्षेत्र छान्नु राम्रो हुन्छ। परिवारको साथ नमिल्ने देखिन्छ।

मकर : समय सामान्य छ। लचिलो व्यवहार आजको आवश्यकता हो। खुशी अनुहारका साथ काम गर्न सके नाम र दाम दुवै प्राप्त हुने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : साना कुरामा बोझको सामना गर्नुपर्ने हुनसक्छ। बिहानै पिपलको दर्शन गरेर काम थालेमा दिन सुखमय बन्नेछ। परिवारको मन जित्न भने गाह्रो पर्ने देखिन्छ।

मीन : साथीको सहयोग र हौसला मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ।

प्रकाशित मिति:January 11, 2024