Sampatti News

August 8, 2020

आश्वासन समितिको सभापतिमा विडारीकै निरन्तरता

काठमाडौँ। राष्ट्रियसभा अन्तर्गत समितिहरुमा सभापति चयन गर्न शुक्रबार निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट सभापति चयन भएका छन्। त्यसैगरी , विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएकी हुन्।

निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका हुन्। अहिले निर्विरोध निर्वाचित भएकाहरु नै यसअघि पनि त्यही समितिका सभापति थिए। कार्य सकिएपछि पुनः उनिहरुलाई नै सभापतिमा चयन गरिएको हो।

प्रकाशित मिति:August 8, 2020