पहिलो एकदिवसीय क्रिकेटमा क्यानडामाथि नेपालकाे रोमाञ्चक जित

  Sampatti News Online

February 8, 2024

काठमाडौँ । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । क्यानडालाई ४७.५ ओभरमा २ सय १७ रनमा सीमित पार्दै नेपाल ७ रनले विजयी भएको हो । 

नेपालका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले क्यानडाका लागि २ सय २५ रनको लक्ष्य दिएको थियो ।

प्रकाशित मिति:February 8, 2024