भरतपुर अस्पतालका चिकित्सकलाई दर्ता नभएका भिटामिन सिफारिस गर्न बन्धेज

  Sampatti News

March 1, 2024

चितवन । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन) र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गर्न बन्देज गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी) को निर्णय अनुसार यस्तो निर्णय भएको जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले बिहीबारक सू्चना जारी गर्दे बिरामीलाई यस्ता सप्लिमेन्टहरु प्रेस्क्राइब नगर्न भनेका छन् ।

हेर्नुहोस् सूचना :

प्रकाशित मिति:March 1, 2024