नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

  Sampatti News Online

March 1, 2024

काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेपालले नामिबियाविरुद्ध  ब्याटिङ गर्ने भएको छ।

 टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । आज ओपनर कुशल भुर्तेलको स्थानमा अनिल साहलाई अवसर दिइएको छ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति:March 1, 2024