छानबिन हुनुपर्ने व्यक्ति गृहमन्त्री भएर सुशासन हुन्छ: प्रदीप

  Sampatti News

March 15, 2024

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति गृहमन्त्री भएर सुशासन कायम हुन सक्छ त भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् भने पाली कांग्रेसकै सांसद कुसुमदेवी थापाले सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिएर सरकारले दूधको साक्षी बिरालो राखेको भन्दै गम्भीर आपत्ति जनाएकी छिन् ।

 प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री यसको जवाफ दिनबाट भागेको पनि आरोप लगाए । साथै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिएर निष्पक्ष छानबिनका सघाउन आग्रह गरे । विगत केही दिनदेखि प्रमुख प्रतिपक्षले निरन्तर रुपमा संसदमा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री ती प्रश्नको सामना गर्नुको साटो भागेर हिँड्नु भएको छ । सम्माननीय प्रधानमन्त्रीको यस विषयमा डबल स्टयान्डर्ड देखियो । अहिलेका गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो ।

सांसद थापाले नेप्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले अनुसन्धानको दायरामा भएको व्यक्तिलाई नै अनुसन्धान गर्ने मन्त्रालयको बागडोर सम्हाल्न दिनु दूधको साक्षी बिरालो भएको स्पष्ट पारेकी हुन् । हाल देशैभरिका निम्न वर्गीय नागरिकहरु आफ्नो गास कटाएर सहकारीमा बचत गरेको रकमको साँबा ब्याज फिर्ता पाउनको लागि आन्दोलनरत छन् । देशमा राजनीतिक, सामाजिक निराशालाई मलजल गर्ने गरी आर्थिक निराशा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा नेपालको तीन खम्बे अर्थनीतिको एउटा खम्बा सहकारीमा केही सहकारी ठगहरुले सहकारीको मान्यता विपरीत रकम अपचलन गरेका कारण आज सहकारी तहसनहस अवस्थामा छन् ।

प्रकाशित मिति:March 15, 2024