दक्षिण अफ्रिकामा बस दुर्घटना,४५ जनाको मृत्यु

  Sampatti News

March 29, 2024

दक्षिण अफ्रिका। दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । बस दुर्घटना आठ वर्षीया एक बालिका घाइते भएका छन्। उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।

प्रकाशित मिति:March 29, 2024