आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

  Sampatti News

March 31, 2024

काठमाडाै । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको सस‌‌द सचिवालयले जनाएकाे छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने कार्यसूची छ ।

त्यसैगरी स‌घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जाेशीले ‘निर्माणमुखी सामाग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने कार्यसूची छ ।

प्रकाशित मिति:March 31, 2024