कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

  Sampatti News

April 3, 2024

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । बुधबार बसेको दलको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ । वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

प्रकाशित मिति:April 3, 2024