घुससहित पक्राउ परेको बुढानिलकण्ठका सब-इन्जिनियर र ठेकेदारले चार महिनामै पाए सफाई

  Sampatti News

April 3, 2024

काठमाडाै । ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका बुढानिलकण्ठका इन्जिनियर टिकराज राई र रामचन्द्र सुनुवारले सफाइ पाएका छन् । गत १४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार  रामचन्द्र सुनुवारलाई पक्राउ गरेको थियो।

ठेकदार रामचन्द्र सुनुवारसँगको मिलेमतोमा घुस लिएको खुलेपछि आयोगले सुनुवारलाई पनि प्रतिवादी बनाएकोमा दुवैले बिशेष अदालतबाट बुधबार सफाइ पाएका हुन् ।

प्रकाशित मिति:April 3, 2024