चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक

  Sampatti News Online

April 10, 2024

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि मन्त्रालयले सार्वजनिक गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने बताएकी छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन गर्न आयोग गठन गरेको थियो ।

चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिसअनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:April 10, 2024