यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

  Sampatti News

April 16, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आज डलरकाे भाउ घटेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया २३ पैसा र बिक्री दर १३३ रुपैया ८३ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १२१ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ०१ पैसा र बिक्री दर १४६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४१ पैसा र बिक्री दर ८६ रुपैयाँ ८० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८ रुपैयाँ ७० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति:April 16, 2024