नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य

  Sampatti News Online

April 17, 2024

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ । वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले ७ विकेट गुमाएर ७३ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको छ । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक÷एक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति:April 17, 2024