लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीका एक मन्त्री थपिए

  Sampatti News Online

April 18, 2024

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् ।

थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती चौधरी रहेका छन् । मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ । बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन् ।

प्रकाशित मिति:April 18, 2024