जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

  Sampatti News Online

April 19, 2024

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जन्ती लिएर शुक्रबार बिहान बसमा ५० जना चढेका थिए । 

दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५ तौथली नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए। उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ।

प्रकाशित मिति:April 19, 2024