कञ्चनपुरमा आगलागी, झण्डै १० बिघा गहुँबाली सखाप

  Sampatti News Online

April 19, 2024


कञ्चनपुर । कञ्चनपुरमा आगलागी हुँदा गहुँ सखाप भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिकामा हिजो गहुँबालीमा आगलागी हुँदा झण्डै १० बिघा जमिनमा लगाएको गहुँबाली सखाप भएको हो ।
दोधारा चाँदनी–७ बाबाथानमा हावाहुरी चल्दा रुखको हाँगा बिजुलीको तारमा खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए ।
स्थानीय वीरसिंह सुनार, चन्द्रबहादुर सुनारसहित १५ जना किसानको गहुँबालीमा आगलागीबाट क्षति भएको छ । स्थानीयबासिन्दा, सुरक्षा निकाय, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकललगायतको सहायताले आगो निभाइएको छ ।
पकेको गहुँ खेतमै जलेपछि किसानहरु चिन्तित भएका छन् ।

प्रकाशित मिति:April 19, 2024