सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार

  Sampatti News Online

April 19, 2024

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:April 19, 2024