कतारी राजा थानीको बुधबारको कार्यक्रम के-के छ ?

  Sampatti News

April 24, 2024

काठमाडौं । नेपालको राजकीय भ्रमणमा आएका कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रीभोज दिएका छन् । थानी बसेकै सोल्टी होटलमा उनले भोज दिएका हुन् ।

त्यसअघि शीतलनिवासमा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको थियो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम छ । औपचारिक वार्ता ४५ मिनेटका लागि हुनेछ । त्यसपछि बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकाजमा दिवाभोज दिनेछन् ।

दिवाभोजमा सहभागी भएर कतारका राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यतालिका छ। बुधबार अपराह्न २ बजे कतारको दोहा प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति:April 24, 2024