कतारका अमिर स्वदेश फिर्ता

  Sampatti News Online

April 24, 2024

काठमडौँ । दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको विदाई गर्न विमानस्थल पुगेर थानीको विदाईमा सहभगाी भए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।
थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे सहमझदारी र सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

प्रकाशित मिति:April 24, 2024