आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

  Sampatti News Online

April 24, 2024

काठमाण्डौ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको थियो । हिजो एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ६० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति:April 24, 2024