कति पुग्याे डलरकाे भाउ

  Sampatti News

April 25, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०२ पैसा र बिक्री दर १३३ रुपैया ६२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ २० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ४५ पैसा र बिक्री दर १४६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५० पैसा र बिक्री दर ८६ रुपैयाँ ८९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५९ पैसा र बिक्री दर ८ रुपैयाँ ६३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रकाशित मिति:April 25, 2024