रावलको निधन प्रति मन्त्री आलेद्वारा दुःख व्यक्त

  Sampatti News

March 30, 2021

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको थियो ।
मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट गरि दःख व्याक्त गर्नुभयको हो । साथै उहाँको शव कैलाली लैजानका लागि रु ५० हजार आर्थिक सहयोग समेत गर्नुभयो ।
लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।
उहाँलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उहाँका घरपरिवारले बतायका छन् । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक हुनुहुन्थ्यो । उहाँको शव अहिले कैलाली लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति:March 30, 2021