प्रतिनिधिसभाको बैठक आज दिउसो बस्दै

  Sampatti News

March 31, 2021

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भयको छ विभीन्न समितीका सभापतीका अनुसार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमानेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी र कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । साथै बैठकबाट वार्षिक प्रतिवेदनहरू समेत पेस गरिने जनाईएको छ । विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछी सरकारले बिजनेश नदिएको आरोप छ । उता सरकार भने बैशाखमै बजेट अधिवेशन सुरु गर्नुपर्ने कारण देखाउँदै यो अधिवेशन तत्काल अन्त्य गर्ने तयारीमा लागेको छ ।

प्रकाशित मिति:March 31, 2021