ओमिक्रोन भेरियन्टका कारण जापान प्रबेश प्रतिबन्ध

  Sampatti News

November 29, 2021

एजेन्सी-विश्वभर नयाँ भेरियन्टको ओमिक्रोन कोरोना भाइरस फैलिने क्रममा ब्यापकता आएसँगै जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको पुष्टी गरेका छन् ।

सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताएका छन् ।

‘जापानी प्रधानमन्त्री किशिदाले जापानमा ओमिक्रोन प्रवेश गर्दा देखिन सक्ने सबैभन्दा खराब अवस्था नियन्त्रणका लागि पूर्वसावधानी स्वरुप विदेशी यात्रुलाई प्रतिबन्ध लागाएको बताएका छन् ।

भोली मंगलबारदेखि सबै क्षेत्रका विदेशी यात्रुलाई प्रवेशमा रोक लगाइने उनको भनाइ थियो ।

प्रधानमन्त्री किशिदाले नयाँ ओमिक्रोन भेरियन्टबारे थप विवरण नआइन्जेलसम्म भाइरसविरुद्धका आधारभूत नियम निरन्तर पालना गर्न नागरिकमा आह्वान गरेका छन् ।

यसै महिना जापानले आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो पार्दै छोटो समयका लागि व्यापारी, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिने बताएको थियो ।

तर पछिल्लो निर्णयसँगै सीमानामा कडाइ हुने भएको छ ।

नयाँ कोरोना भेरियन्ट फैलिन थालेपछि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेपछि जापानले पछिल्लो निर्णय लिएको हो ।

यसअघि इजरायलले आइतबार सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ ।

त्यस्तै मोरक्कोमा आजदेखि अन्य मुलुकबाट हुने सबै उडान बन्द गरिँदै छ ।

बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकी मुलुबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् ।

प्रकाशित मिति:November 29, 2021