काँग्रेसले सार्‍यो महाधिवेशन

  Sampatti News

November 29, 2021

काँग्रेसले सार्‍यो महाधिवेशन

नेपाली काँग्रेसको सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन २ दिन परे सारेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि सारिएको छ ।

केही जिल्ला अधिवेशन सम्पन्न नहुँदा तयारी नपुगेकाले प्रदेश अधिवेशन सारिएको उनको भनाइ छ ।

प्रदेश अधिबेशन दुईदिन पर धकेलिएसँगै केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित भएको छ ।

अब काँग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने पौडेलले बताए ।

काँग्रेसले मंसिर २१ बाट महाधिवेशन कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका बनाएको थियो ।

महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली ९महाधिवेशन प्रतिनिधिको सूची० प्रकाशन हुनेछ ।

२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम थियो ।

मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रमअघि उम्मेदवारी मनोनयन बाहेकको काम सम्पन्न हुने निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए ।

मनोनयन दर्ता मंसिर २५ गते गर्ने नयाँ तालिका तयार पारेको पोखरेलले बताए ।

उनले भने, ‘महाधिवेशन उद्‍घाटनअघि महाधिवेशन प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्छौं ।

२४ गते महाधिवेशन उद्घाटन हुन्छ र १५ गते उम्मेदवारी दर्ता गर्न कार्यक्रम बनाएका छौं ।’

२५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते सुरु हुने पोखरेलको भनाइ छ ।

यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।

काँग्रेसले सार्‍यो महाधिवेशन

प्रकाशित मिति:November 29, 2021