उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित

  Sampatti News

November 30, 2021

चितवन:नेकपा (एमाले) को उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार ६ जना उपाध्यक्ष चाहिनेमा भुसाल सातौं नम्बरमा परेका हुन् ।

उनले ७ सय २५ मत प्राप्त गरेका छन् ।

केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९ सय ७६ मत प्राप्त गरी विजयी भएकी छिन् ।

सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८ सय ५६, युवराज ज्ञवाली १८ सय ४२ र रामबहादुर थापा बादल १७ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ।

प्रकाशित मिति:November 30, 2021