यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान

  Sampatti News

December 19, 2021

यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान

काठमाडौं-अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौताबारे नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो निष्कर्श सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमै एमसीसी सम्झौता यथास्थितिमा अस्वीकार गर्ने अडानलाई निरन्तरता दिदै आफ्नो निष्कर्श सार्वजनिक गरेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री तथा सांसदको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यही अबस्थामा एमसीसी संसदमा टेबुल भए अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।

अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा राष्ट्रिय स्वाभिमान ठूलो रहेको निष्कर्श पार्टी बैठकले निकालेको छ ।

एमसीसी भन्दा राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्वपूर्ण भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

एमसीसी सम्झौताका सर्तमा परिमार्जन नगरिए यथास्थितिमै पार्टीले अस्वीकार गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सर्वदलीय बैठकमा छलफल गरेर एमसीसी सम्झौता संसदबाट पारित गर्ने रणनीतिमा लागेपछि सत्तारुढ एकीकृत समाजवादीले त्यसलाई अस्वीकार गर्ने निचोड निकालेको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् । तर सत्तारुढ नेपाली कांग्रेस पारित गर्नुपर्ने पक्षमा छ ।

जनमोर्चा यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै विभिन्न समूहले गर्ने आन्दोलनमा समेत सहभागी हुँदै आएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी यथास्थितिमा पारित गर्न खोजे सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी समेत दिइसकेका छन् ।

यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान

प्रकाशित मिति:December 19, 2021