बालुवाटारमा सर्वदलीय बैठक अगाडि गठबन्धनको बैठक

  Sampatti News

December 19, 2021

काठमाडौं-सर्वदलीय बैठकबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ दल सम्मिलित गठबन्धनको बैठक बसेको छ ।

आज साँझ ४ बजे बस्न लागेको सर्वदलीय बैठक अगाडि सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सकिए लगतै सर्वदलीय बैठक सुरु हुने बताईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वदलीय बैठक लक्षित राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका लागि गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालका दुर्गा पौडेल लगायत सहभागी छन् ।

प्रकाशित मिति:December 19, 2021