आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन

  Sampatti News

January 31, 2022

आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन

काठमाडौं-नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा १७ जनाको आवेदन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा खुलाएको आवेदनमा १७ जना आकाङ्क्षीले निवेदन दिएका हुन् ।

२४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।

आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, सक्तारुढ कांग्रेस निकटका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।

आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठक रहेकाे मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।

यस्तै निगमको कार्यकारी बन्ने दौडमा कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा.चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द लगायत पनि रहेकाे स्राेतले बताएकाे छ ।

भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

आवेदक मध्ये अधिकांश नाम तीन वर्षअघि पनि परेका व्यक्तिहरु रहेको मन्त्रालय स्रोतले बताएकाे छ ।

उद्योग विभागमा लामो समय महानिर्देशकका रुपमा रहेर निजामती सेवाबाट सेवानिवृत्त जीवनप्रकाश सिटौलाले निगमको कार्यकारी पदका लागि आवेदन दिएका छन् ।

कार्यकारी पदको खुल्ला प्रतिस्पर्धाका लागि आवेदन गर्नेहरुको नामावलीमा उनको नाम एक नम्बरमा छ ।

यस्तै, विशेष आर्थिक क्षेत्र सेजका बहालवाला कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट पनि निगमको कार्यकारीको दौडमा छन् ।

मन्त्रालयले निकालेको आवेदक सूचीमा उनको नाम ११ औं नम्बरमा छ ।

आयाल निगमको नेतृत्वका लागि १७ जनाको आवेदन

प्रकाशित मिति:January 31, 2022