भारतमा पुन कोरोना संक्रमण बढ्दै -दिल्लीका केही विद्यालय बन्द

  Sampatti News

April 15, 2022

काठमाडौं । हाम्रो छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुनस् कोरोना संक्रमणदर बढ्दै गएको छ ।
योसँगै कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्न थालिएको छ ।

भारतका कुल ७३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशतभन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशतभन्दा बढी र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी रहेको छ ।

भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजारभन्दा बढी संक्रमित थपिएको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।
कोरोना संक्रमणदर बढ्दै गए पछि भारतमा आगामी महिना संचालन हुने भनिएको सिबीएसईको परिक्षासमेत सर्न सक्ने बताइएको छ भने नयाँ दिल्लीस्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् ।

प्रकाशित मिति:April 15, 2022