कांग्रेस कार्यकर्ता हत्याको विरोधमा प्रदर्शन

  Sampatti News

May 9, 2022

काठमाडौं-नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवनमा कांग्रेस निकट युवाहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका हुन् ।

उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।

आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।

परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउनसमेत उनीहरुले दिएका छैनन् ।

शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन ।

हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।

प्रकाशित मिति:May 9, 2022