इन्टरनेट सेवाप्रदायकको आरोप, ‘प्राधिकरणले ‘ब्ल्याकमेल’ गर्यो, २० बर्षमा नभएको काम ४५ दिनमै कसरी हुन्छ’ ?

  Sampatti News Online

November 2, 2022

पोलभाडा विवाद कायम रहदाँ इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच तार व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड पनि विवादित बनेको छ । प्राधिकरणले मंगलबार इन्टरनेट, केबल तथा अप्टिकल फाइबर विस्तार र व्यवस्थापन गर्न ४५ दिने अल्टिमेटम दिएपनि सेवाप्रदायक बीच तरङ्ग मच्चिएको हो ।

यो भन्दा अघि प्राधिकरणले जारी गरेको पोल भाडा अचाक्ली वृद्धि भएको भन्दै विगत ५ बर्षदेखि इन्टरनेट सेवाप्रदायक संघर्षरत छन् ।

अहिले प्राधिकरणले अव्यवस्थित तार हटाउन र विस्तार भइरहेको फाइबरको दुरी कायम गर्नुपर्ने भन्दै आठ ओटा बुदाँमा जारी गरेको नयाँ व्यवस्थालाई लिएर इन्टरनेट सेवाप्रदायक कम्पनीहरु रुष्ट बनेका छन् ।

इन्टरनेट सेवाप्रदायकको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघ नेपाल९आइस्पान०ले बषौंदेखि नभएको काम ४५ दिनमा गर्नुपर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले पेल्न खोजेको बताएका हुन ।

अहिले सेवाप्रदायक तार व्यवस्थापनको लागि सरकारले नीतिगत सहजिकरण गरिदिनुपर्ने माग राख्दै आएका छन । इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले ४५ दिन भित्र तार व्यवस्थापन सम्भव नभएको बताए ।

विद्युत प्रधिकरणले बर्षेनी एउटा एउटा फण्डा निकालेर इन्टरनेट तथा केबल सेवाप्रदायकलाई ब्ल्याकमेल गरिरहेको छ’ पराजुलीले मेरोलगानीसँग भने ‘तार अण्डरग्राउन्डको काम विद्युत प्राधिकरणले नै गरिरहेको छ तर, एनईए बिजनेश गर्ने र सेवाप्रदायकले अर्बौं कमाएको पैसा आफ्नो भागमा पनि आउनुपर्छ भन्ने पक्षमा देखिएको छ जुन अहिलेको डरलाग्दो स्थिति बनेको छ ।’

उनले २० बर्षसम्म भएको समस्यालाई ४५ दिन भित्र कसरी समाधन गर्न सकिन्छ भने प्रश्न समेत गरेका छन । ‘प्राधिकरणले पेल्नकै लागि हचुवाको भरमा ४५ दिनको समय दिएको छ’ उनले भने, ‘ तार व्यवस्थापन त स्थानीय निकायसँगको सहकार्यमा गर्दै आएका छौं ।’

प्राधिकरणले गतल नियतका साथ नयाँ मापदण्ड ल्याएको सेवाप्रदायकको आरोप छ । पोलभाडा सम्बन्धी उच्च स्तरीय समितिले दिएको प्रतिवेदन पनि अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले लागु नगरेको आरोप लगाए ।

‘गत बर्षदेखि नै लागु हुनुपर्ने पोलभाडा अहिले प्राधिकरण बोर्डमा गएर थन्किएर बसेको छ’ पराजुलीले भने ‘विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई हेर्ने नजर सकारात्मक भएन ।’

प्राधिकरणको नयाँ मापदण्ड अनुसार राउटर, रिपिटर, अप्टिकल फाइबर डिस्ट्रिब्यूसन बक्स–ज्वाइन्ट क्लोजर जस्ता उपकरणहरू पोलको एउटै मात्र साइडमा क्रमैसँग मिलाएर राख्नुपर्ने तथा अनावश्यक तार तत्काल हटाउनुपर्ने बताएको छ ।

यस्तै पोलमा क्वाइल लूप बनाएर राखिएको अप्टिकल फाइबर तथा कोक्सिअल केबल तत्काल हटाउने तथा नयाँ केबलहरू तान्दा समेत अतिरिक्त लम्बाइको केबललाई क्वाइल लुप बनाई पोलमा झुण्ड्याउने कार्य बन्द गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, सेवा प्रदायकहरूले निजहरूको केबल सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउने र पोलमा जडित उपकरणहरूमा समेत उपयुक्त मार्किङ्ग मापदण्ड जारी गरेको थियो ।

सेवाप्रदायक भने प्राधिकरणको नयाँ मापदण्ड तत्काल कार्यान्वयन गर्न सम्भव नभएको भन्दै पछि हटेका छन् ।

प्रकाशित मिति:November 2, 2022