झण्डै साढे दुई दर्जन प्रमुख प्रशासकीय अधिकृत अलपत्र

  Sampatti News Online

March 30, 2023

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालयले खटाएका झण्डै साढे दुई प्रमुख दर्जन प्रशासकीय अधिकृत अलपत्र परेका छन् ।

महिना दिन अघि नै गत फागुन ३ र फागुन १६ गते सामान्यले खटन पटन गरेकामध्ये साढे दुई दर्जन उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ गरेको थियो । तिनैमध्येका एक हुन मोहन घिमिरे,जो रौतहटको गौर नगरपालिकामा खटाइएका थिए । त्यहाँबाट हाजिरै गर्न नदिई संघीयमै फर्काइए । यस्तै मोरङको रतुवामाई नगरपालिकामा खटाइएका नारायण न्यौपाने उसैगरी फिर्ता फर्काइए। यस्तै भुक्तमान बेहोरिरहेकी छिन्,इन्दु अर्याल । महिला भन्दै नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा भित्र्याउन अस्वीकार उनी सामान्यमै अलपत्र परेकी छिन् । १४ महिनादेखि सामान्यमै अलपत्र अर्याललाई
दक्षिणकाली नगरपालिकामा खटाइए पनि मेयर मोहन बस्नेतले महिलालाई सो ठाँउमा गाह्रो हुने भएका कारण भएकाले दुःख दिन नखोजेको बताए । मोहनले त्यहाँबाट सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंलाई रमाना नदिई त्यही रोकेर राखेका छन् ।

मन्त्रालयका अनुसार रौतहटका गढीमाई, गौर, कटहरी नगरपालिका, काभ्रेको पनौती नगरपालिका, बाजुराको बुढिगंगा नगरपालिका, सुर्खेतको पन्चपुरी नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका, मोरङको रतुवामाई नगरपालिका, धनुषाको छिरेश्वरनाथ नगरपालिका, धनुषाकै जनकनन्दिनी गाउँपालिका र हुम्लाको पपदमचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएका छैन ।

प्रकाशित मिति:March 30, 2023