सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी

  Sampatti News Online

March 30, 2023

काठमाडौं । गृह मन्त्रालयमा सरकारकाे प्रतिनिधि र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता जारी छ । सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।

संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए ।

सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

प्रकाशित मिति:March 30, 2023