दश निर्माण व्यवसायी कम्पनी कालोसूचीमा (सुचनासहित)

  Sampatti News Online

April 20, 2023

काठमाडौँ । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने दश वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको छ ।’


हेर्नुस् सूचना :

प्रकाशित मिति:April 20, 2023