टिकापुर घटनामा असक्षम ठहरिएका तत्कालिन सिडियो श्रेष्ठ गृह सचिवको दौडमा

  Sampatti News Online

April 20, 2023

काठमाडौ । कैलाली टीकापुर घटनाका बेला प्रजिअ रहेका राजकुमार श्रेष्ठ सम्भावित गृह सचिव बन्न चर्को लबिङमा लागेका छ्न‍्।
हाल लोकसेवा आयोगका सचिब रहेका श्रेष्ठ तत्कालीन प्रजिअको जिम्मेवारीमा रहँदा पदिय दायित्वमा बढी संबेदनसिल भईदिएको भए नेपाल प्रहरीले त्यति ठुलो क्षती ब्यहोर्नु पर्दैन्थ्यो जतिबेला सशस्त्र प्रहरीलाई अगाडि कमान्ड गर्न लगाइदिएको र संख्याको हिसाबले न्युन प्रहरी परिचालन गरेर हजारौंको भिड नियन्त्रण गर्न सम्भब हुदैन भन्ने सामान्य भन्दा सामान्य सिद्धान्तको हेक्का राख्न नसक्दा टीकापुरमा ठुलो क्षती ब्यहोरेको इतिहास एकातिर छ।

तर प्रजिअबाट त्यतिबेलाको गतिलो समन्वयको अभावले आधा दर्जन प्रहरीका परिवार आज टुहुरा बन्ने अवस्था आउदैन्थ्यो।
एउटा काबिल सिडिओ थियो भने २०७२ साल भाद्र ७ गते सोमबार एउटा प्रहरीको उच्च तहमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मीले जलेर अनि भाला रोपिएर ज्यान गुमाउनु पर्ने अवस्था आउने थिएन पुर्व गृह सचिबहरुले त्यतिबेला नै प्रतिक्रिया दिएका थिए ।

बिगतमा दर्बिलो कमान्ड गरेका गृह प्रशासनको गहकिलो अनुभव भएकालाई गृह सचिब बनाउनेतर्फ चौतर्फी सोच्नुपर्ने र परिणाम दिनुपर्नेमा जिल्लाबासीको नाताले त्यत्रो घटनाको परिदृश्य बिर्सेर गृहमा भित्र्याउने हो भने प्रहरी प्रशासनसमक्ष कस्तो सन्देश प्रबाह होला र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले पटक पटक बोलेका कुरा कसरी पुरा होलान ? सचिब सरुवाको बेला यो सन्दर्भले विशेष गरि चर्चा पाएको छ।
पछिल्लोपटक बढी राजनीतिले गिजोलेको गृह प्रशासन भित्र प्रहरी संगठनलाई चलायमान बनाउन त्यस्तै पात्रको खोजि भैरहेको बेला उल्टै प्रहरीको हत्या हुँदा कम्जोर कमान्ड प्रस्तुत गर्ने पात्रलाई नै खोजेर ल्याउने हो भने प्रहरी संघ संगठनले कसरी सहयोग पुर्याउला समयमै सोचेर निर्णय लिन उपप्रधानमन्त्री श्रेष्ठलाई कतिपय शुभेच्छुकहरुले सुझाव समेत दिएको बुझिएको छ।
शुभेच्छुकहरुले दिएको सुझाव र आफुले बोलेका कुरा लाई पूरा गराउन मन्त्रीले कैलालीका तत्कालीन प्रजिअ श्रेष्ठलाई गृहमा हुल्ने मुडलाइ परिवर्तन गर्न मानवाधिकार क्षेत्रमा काम गर्नेहरुले समेत चासोका साथ राय दिन थालेका छन।
त्यसो त हालका गृह सचिब बिनोद प्रकास सिह समेत कार्यरत पदमा टिकिराख्न आरजु भाउजु देखी शक्त्तिकेन्द्र धाइरहेका छ्न्। सचिब सिहको यस पटकको दौडधुप तत्कालीन गृहमन्त्री रबि लामिछानेको राष्ट्रिय परिचयपत्र सम्बन्धी फास्ट ट्र्याकको टेन्डर प्रक्रियाले टिक्ने भन्दा नि नक्सालको रातो घरतिर बिक्ने संभावना बढेर गएको छ।श्रोतका अनुसार त्यो प्रक्रियामा सामेल हुनेहरुलाई नछाड्ने निति गृह मन्त्रालयले लिएको बुझिन्छ ।

प्रकाशित मिति:April 20, 2023