बजेट अभावको कारण २२ हजार पूर्वशिक्षकले पाएनन् पेन्सन

  Sampatti News Online

April 24, 2023

काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार  पूर्वशिक्षकले चैत महिनाको पेन्सन पाएको छैन ।

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।

अर्थ मन्त्रालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार झण्डै २२ हजार पूर्व शिक्षकले चैत्र महिनाको पेन्सन नपाएका हुन ।
उनका अनुसार,पेन्सन थाप्ने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट नपुगेका कारण रोकिएको हो ।

प्रकाशित मिति:April 24, 2023