सामान्य अंकले बढ्यो नेप्से परिसूचक

  Sampatti News Online

April 24, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार कारोबार सुरु भएदेखि नै उत्तारचढाव आएको छ । तर, नेप्से अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.७१ अंकले बढेर एक हजार ८ सय ८८ दशमलब ३२ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज ७५ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२० कम्पनीको शेयरमूल्य बढेको छ भने ८५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पिपुल्स पावर कम्पनीको शेयरमूल्य ८.११ प्रतिशतले बढेर प्रतिकित्ता ३०० रुपैयाँ पुगेको हो ।                  

नेप्सेका अनुसार कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:April 24, 2023