दोहोरो अंकले बढ्यो शेयर बजार

  Sampatti News Online

April 25, 2023

काठमाडौं ।सोमबार झिनो अंकले बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार १७ अंकभन्दा बढी बढेर बन्द भएको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार पनि नेप्से सामान्य अंकले बढेर बन्द भएको छ ।    

त्यस्तै, आज ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ होटल रिजेन्सी लिमिटेडको शेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता ५३० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८१ प्रतिशतले बढेर प्रतिकित्ता ९१० रुपैयाँ पुगेको छ ।                  

नेप्सेका अनुसार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:April 25, 2023