शेयर बजारमा सामान्य अंकको गिरावट

  Sampatti News Online

April 27, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.२७ अंक घटेर १८८९.७३ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि यस दिन लगानीकर्ताहरु होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ।

आज नेप्से घटेर एक हजार ८ सय ८९ दशमलब ७३ विन्दुमा बन्द भएको हो ।     

त्यस्तै, आज ७३ करोड ९६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्ड २ को शेयरमूल्य ५.८५ प्रतिशतले बढेको छ भने तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ५.०८ प्रतिशतले बढेर प्रतिकित्ता ४०५.६० पुगेको हो ।                     

नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज तीन करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:April 27, 2023