आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

  Sampatti News Online

April 30, 2023

काठमाडाै‌ । आत्मनिर्भर र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएका छन् । दुबै लघुवित्तको सर्वसाधारणलाई निष्काशन गरेको शेयर र संस्थापकहरुले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६ लाख २३ हजार ३८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३ हजार ३८० कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३७१ रुपैयाँ ८२ देखि एक हजार ११५ रुपैयाँ ४६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा मंगलबारदेखि लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

बिपीडब्लु लघुवित्त वित्तीय संस्था (BPW) को पनि ३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ९७ हजार कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा मंगलबारदेखि लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति:April 30, 2023