शेयर बजारमा दोहोरो अंकको गिरावट

  Sampatti News Online

April 30, 2023

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १९.११ अंकले घटेर एक हजार ८ सय ७० दशमलब ६५ विन्दुमा बन्द भएको हो ।      

त्यस्तै, आज ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका २६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र ८.५प्रतिशत प्रभु बैंक डिभेञ्चरको सबैभन्दा बढी शेयरमूल्य बढेको छ । यी दुईको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।      

नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज चार करोड २५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:April 30, 2023