नागरिक लगानी कोषको नाफा २६.१५ प्रतिशतले बढ्यो

  Sampatti News Online

May 2, 2023

काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

अघिल्लो वर्ष यही अवधिसम्म कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कोषले तेस्रो त्रैमासम्म ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.१५ प्रतिशतले बढी हो। 

अघिल्लो वर्ष सोहि अवधिसम्म कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ३० करोड ५० लाख रुपैयाँ भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा १०६.७७ प्रतिशतले बढी हो । कोषले गत वर्षको सोहि अवधिसम्ममा ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँमा सीमित थियो ।

कोषको सेवा शुल्क तथा कमिसन आम्दानी ९३ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा यस्तो आम्दानी ८८ करोड २७ लाख रुपैयाँ थियो । कोषको व्यवस्थापन खर्च पनि बढेर १६ करोड ४८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च १५ करोड ४७ लाख रुपैयाँ थियो ।

शेयरपुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको कोषको सेयर प्रिमियममा २८ करोड ३८ लाख रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सेयर प्रिमियम र जगेडा कोषमा क्रमशः र १ अर्ब २६ करोड रुपैयाँ र २० अर्ब ३० करोड रुपैयाँ थियो ।

कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २४.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २७.४१ रुपैयाँ थियो। लगानीमा प्रतिफल (आरओई) ९.६७ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ २०१.८७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:May 2, 2023