गौर हत्याकान्ड :दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतवद्धता 

  Sampatti News Online

May 31, 2023

रौतहट १७ जेठ। प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले  गौर हत्याकाण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। आमजनता पार्टी रौतहटका अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा गौर हत्याकान्डका पीडितहरु  प्रधानमन्त्री प्रचण्ड संग भएकाे भेटमा उक्त  प्रतिबद्धता जनाएका हुन्। मंगलवार विहान बालुवाटारमा भएकाे भेटमा प्रधानमन्त्री प्रचण्डले दरवार हत्याकान्डका साथै गौरको दोषीलाई पनि कार्वाहिको दायरामा ल्याउने आश्वासन दिएको टोलीमा सहभागी रामशरण यादवले बताए। प्रधानमन्त्री प्रचण्डले हत्या गर्नेलाई कारवाही हुन्छ, गौर घट्नाका मृतकलाई सहिद घोषणा गर्ने , तथा परिवारलाई सरकारी जागिर दिने प्रतिबद्धता जनाएको यादवले जानकारी दिएका छन्।

प्रधानमन्त्री प्रचण्ड भेट्नु अघि पीडितहरूको टोली सोमवार गृह मन्त्री नारायण काजी श्रेष्ठलाई पनि भेटेका थिए। भेटमा गृह मन्त्री श्रेष्ठ पनि गौर हत्याकान्डका दोषिलाई कारबाही गर्न प्रतिबद्ध रहेको यादवले जनाएका छन्।

आजपाको जिल्ला अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा गएको टोलीमा गौर घाटमा मृत्यु भएका बौधिमाई नगरपालीकाको नर्मदेश्वर उपाध्यायको श्रीमती रुपशागर देवी उपाध्याय, रामशरण यादव, लगायत पाँचजना रहेका छन्। 

के हो गौर घटना 

२०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको फिल्डमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । घटनामा बाँसको चारपाटे भाठा र हतियार समेत प्रयोग भएको थियो।

गौरभन्दा करिब १० किलोमिटर उत्तर  पताही टोलको पूर्वपट्टि बागमती नदीको किनारमा  ३ महिला र ८ पुरुषको 

 गाउँभन्दा पश्चिमपट्टि बौधीदेवीको मन्दिरमा ल्याई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरी मन्दिरमा बलि दिएर, आगो लगाई हत्या गरेको थियो। 

 आक्रमण पुर्वनियोजित तथा  संगठित रूपमा भएको देखिएको मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ठहर गरेको थियो। तीनजना महिलालाई बलात्कारपछि हत्या गर्ने क्रममा क्रूर यातना दिइएको, आगो लगाउने तथा उनीहरूको संवेदनशील अंगमासमेत प्रहार गर्ने जस्ता अमानवीय कार्य गरिएको पाइएको इन्सेकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो।  

गौर हत्याकाण्ड हुँदा तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गरिरहेका थिए। अध्यक्ष यादव कै निर्देशनमा फोरमका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरी निर्मम हत्या गरेको तत्कालीन माओवादी कार्यकर्ता तथा पीडित परिवार ले दाबी गर्दै आएका छन्।

उक्त घटना हुँदा माओबादी तत्कालिन सरकारमा सहभागी थिए। सो समय नेपाली कांग्रेस नेतृत्वको सरकारमा कृष्णप्रसाद सिटौला गृहमन्त्री रहेका थिए।

घटना पछि माओबादीका तत्कालिन नेता प्रभु साहको सक्रियतामा पीडित परिवारले उपेन्द्र यादव लगायत १ सय भन्दा बढी मानीस लाई बिपक्षी बनायर जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता गराएका थिए। तर राजनीतिक घटाना भनेर कूनै सुनवाई न भएकाे पीडितहरुको भनाई रहेको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन्। 

प्रकाशित मिति:May 31, 2023