प्रधानमन्त्री दाहाल चार दिवसीय भ्रमणका लागि भारत प्रस्थान

  Sampatti News

May 31, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिवसीय भ्रमणका लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित जहाजमा भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भ्रमणमा प्रधानमन्त्री दाहालसहित सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी छन्। दाहालको वर्तमान कार्यकालको यो पहिलो विदेश भ्रमण हो ।मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन्।टोलीमा भौतिक पूर्वाधारमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्। प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका साथै नेपाल सरकारका डेढ दर्जन सचिव सहभागी छन्।यसैगरी, प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल छन्। प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि भ्रमण टोलीमा रहेका प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित मिति:May 31, 2023