दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

  Sampatti News Online

May 31, 2023

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर–४ कुविन्डे ढुंगेखोलास्थित शनिडाँडामा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मंगलबार राति बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएकाे हाे ।

दुर्घटनामा बलेफी गाउँपालिका– २ नौबिसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी नगरपालिका–११ का १६ वर्षीय अनिल माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले बताएको छ ।

प्रहरीका अनुसार, मंगलबार राति अन्दाजी १२ बजेतिर मोटरसाइकल सडकबाट १५० मिटर तल झरेको थियो । १२ बजे दुर्घटना भए पनि प्रत्यक्षदर्शीले बुधबार बिहान मात्रै मोटरसाइकल क्षतिग्रस्त देखेर प्रहरीलाई खबर गरेका थिए । सूचना अधिकारी डीएसपी रामकुमार यादवले बिहानै पुगेको सुरक्षाकर्मीले आवश्यक सोधपुछ र अनुसन्धान थालेको बताउनुभयो ।

प्रकाशित मिति:May 31, 2023