शेयर बजारमा उच्च अंकको गिरावट

  Sampatti News Online

May 31, 2023

काठमाडौं ।आगामी आर्थिक वर्षको बजेटमा गरिएका करको नयाँ व्यवस्थाका कारण नेपाली धितोपत्र बजारमा ‘प्यानिक सेल’ देखिएको छ। नयाँ व्यवस्थाले करको दरबारे अन्योलता सिर्जना गरेपछि लगानीकर्ताहरु ‘प्यानिक’ भई शेयर बिक्री गर्न थालेका हुन्। साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ३८.८३ अंकले घटेर एक हजार ८ सय ७९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५३.१६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।

शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार दशमलव ४० रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३४ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।   त्यसैगरी, शिवम् सिमेन्ट्को यस दिन साढे ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। नेप्सेका अनुसार युनिलिभर नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

बुधबार पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ

प्रकाशित मिति:May 31, 2023