यस्तो छ २१ जेष्ठ २०८०, आईतवार आजको राशिफल

  Sampatti News Online

June 4, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सोचेका काममा बिलम्ब हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । पारिवारिक समस्यामा बढ्नसक्छ अतस् ध्यान दिनुपर्नेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ भने मिल्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजारमा गरेको लगानीले राम्रै साथ देला । छोटो यात्रा पनि हुन सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

प्रकाशित मिति:June 4, 2023