किसानको लागि पेन्सनको व्यवस्था हुनुपर्ने : प्रभू साह

  Sampatti News Online

June 7, 2023

रौतहट । पुर्बमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मधेश आन्दोलन पछि मधेश प्रदेश मात्र ८ जिल्लामा सिमित भएको टिप्पणी गरेका छन। पूर्वकाल देखि २२ जिल्लाको भुभाग रहेको मधेश उपेन्द्र यादव नेतृत्वको आन्दोलन पछि ८ जिल्लामा सीमित भएको उनले टीप्पनी गरेका हुन्। गृह जिल्ला रौतहटको फटुवा विजयपुर नगरपालीका अन्तर्गत विभिन्न सिचाई योजनाको अनुगमन आघि कार्यकर्ता लाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन।
विगतमा हराभरा, आधारभूत सुबिधा सहित आर्थीक रूपमा सम्पन्न रहेको मधेश प्रदेश आन्दोलन पछि उजाड विपन्नता बढेको उनको दाबी छ। सदियौं देखि पढाई लेखाई उपचार , तथा अन्य सेवा सुविधाका लागि पहाडका मानीस मधेशमा आउँथे तर अहिले ठिक उल्टो भएको नेता प्रभु साहले जिकिर गरेका छन। जसपा अध्यक्ष उपेन्द्र यादवले पटकपटक संघियता खतरामा छ भन्ने गरेका छन संघ सरकारको दानमा चल्ने प्रदेश सरकारको व्यवस्था लाई संघियता भन्छ उनले प्रतिप्रश्न गरे। उतर प्रदेश भारतको उदाहरण दिँदै उनले भने संघियताको अर्थ हुन्छ बालियो प्रदेश जसको आफनै सुरक्षानीति, आफ्नो स्वयंको आम्दानी गर्ने ब्यवस्थापन हुनु जरुरि छ।
तर यहाँ उल्टो चाल भएको छ। जन आन्दोलन , मधेश आन्दोलन लगायत नेपाली जनताले थुप्रै आशा र विश्वासका विभिन्न आन्दोलन गरे तर उपलब्धि के भयोरु जनताको समस्या ज्युँ को त्यूँ छ उपलब्धि भने नेताहरू मोटाएका छन। देशमा वेरोजगारीको कारण युवाहरु विदेशिनु परेको छ, सरकारी कार्यालयहरुमा सेवाग्राहि रुवाएर कर्मचारीले देखा देखी घुस लिरहेको अबस्था छ तर सुनिदिने कोई छैन उनले गुनासो गरेका छन। जागिर अवधिभरि भ्रष्टाचार गर्ने अवकास पछि राष्ट्सेवक भनेर पेन्सन पाउने व्यवस्था बिडम्बना रहेको उनले बताए। देश र जनताको सेवा गर्दागर्दै आफ्नो ज्यानको आहुती दिने किसानले पेन्सन पाउने व्यवस्था हुनुपर्ने नेता साहले विचार राखेका थिए। देशको यस्तो दयनीय अवस्था हुनुमा सभन्दा दोषी छ भने दल तन्त्र। आहिले खुद्रा खाद्री गरेर केही हुँदैन देशमा आमूल परिवर्तनको आवश्यकता रहेको पूर्व मन्त्री प्रभू साहले स्पस्ट पारेका छन। फतुवा विजयपुर नगरपालीका अन्तर्गत विभिन्न ४ स्थानको सिंचाईको योजनाको अनुगमन गरेका थिए।सिचाई योजनाको अनुगमन तथा निरीक्षण टोलीमा पूर्व मन्त्री प्रभू साह , मेयर प्रत्यासी विजय यादव, अजय यादव, वडा अध्यक्ष सञ्जय यादव, डिवीजन सिचाई रौतहटका प्रमुख सुमन झा लगायतको सहभागीता थियो। अनुगमनको क्रममा अहिले किसानले धानको बीउ राख्ने सिजनमा सम्पुर्ण योजनाको काम तत्काल पुरा गराई अविलम्ब सिंचाई सेवा पुर्याउन नेता साहले डिवीजन प्रमुख साहलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति:June 7, 2023