युक्रेनले रुसविरुद्ध ‘क्लष्टर बम’ प्रयोग गरिरहेको अमेरिकी दाबी

  Sampatti News

July 21, 2023

काठमाडौं । युक्रेनले रुसविरुद्ध ‘क्लष्टर बम’ को प्रयोग गरिरहेको अमेरिकाले दाबी गरेको छ । सहायता स्वरुप दिइएको ‘क्लष्टर बम’ युक्रेनले सही तरिकाले प्रयोग गरिरहेको ह्वाइट हाउसले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘‘क्लष्टर बम’ प्रयोगको परिणामले युक्रेनलाई निकै आशावादी बनाएको बताए । ‘क्लष्टर बम’ ले एकै पटक धेरै बमहरू छर्ने गर्दछ। यद्दपी अमेरिकाका सहयोगी देशहरु बेलायत, क्यानडा, न्यूजील्याण्ड र स्पेनले यसको प्रयोगलाई लिएर विरोध गरिरहेका छन् । युक्रेनले उक्त बम रुसी शत्रु सैनिकहरूको एकाग्रतालाई हटाउन मात्र प्रयोग गरिने वाचा गरेको छ। यस्तो बमको प्रयोगमाथि विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएका छन् । यता अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले कठिन निर्णय गरेको बताउँदै रुस विरुद्ध युक्रेनी सेनाको क्षमता बढाउन ‘क्लष्टर बम’ दिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति:July 21, 2023